नियम ३
औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने
(१) कुनै व्यक्तिले ऐनको दफा ७ बमोजिम कुनै औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिन चाहेमा त्यस्तो व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि विभागले आवश्यक जाँचबुझ गर्दा सो औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र दिन मनासिव देखेमा विभागले अनुसूची–१४ मा तोकिए बमोजिमको दस्तुर लिई अनुसूची–२ बमोजिमको ढाँचामा सिफारिसपत्र निवेदकलाई दिनेछ ।